आज पनि चट्याङसहित वर्षा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

आज पनि चट्याङसहित वर्षा

काठमाडौं, १ असार । हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी प्रदेशका एक– दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा, बाँकी पहाडी भू–भागका थोरै स्थानहरुमा र कोशी प्रदेशका तराईका भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा कोशी प्रदेशका तराई, मधेस प्रदेशसहित बाँकी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ–गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);