काठमाडौंमा वर्षा, खराब मौसमका कारण हवाई उडान प्रभावित | ईमाउण्टेन समाचार

Our Network

भदौ ३१ २०८१, सोमबार

काठमाडौंमा वर्षा, खराब मौसमका कारण हवाई उडान प्रभावित

काठमाडौं । मौसममा खराबी आएपछि हवाई उडान प्रभावित भएको छ ।

मौसम बदलीका कारण भिजिबिलिटी कमजोर हुँदा देशको अन्तरिक उडान प्रभावित भएको हो । काठमाडौंंको मौसममा आएको खराबी कारण विराटनगर, जनकपुर, सिमरा, पोखरालगायतको विमानस्थलको उडान रद्द गरिएको छ ।

काठमाडौँबाट सिमराका लागि आज साँझ तय गरिएका दुई उडान रद्द गरिएको छ भने विराटनगरबाट काठमाडौँ उडेको बुद्ध एयरको जहाज उतै फर्किएको छ । धनगढीबाट काठमाडौँ आएका जहाज पनि लामोसमयको होल्डपछि काठमाडौँ विमानस्थलमा अवतरण गरेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडान प्रभावित रहे पनि अन्तर्राष्ट्रिय उडान नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

काठमाडौँमा बुधबार साँझदेखि वर्षा भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);