महानगरद्वारा गैरकानूनी ढंङ्गबाट सञ्चालित स्वास्थ्य संस्था बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

महानगरद्वारा गैरकानूनी ढंङ्गबाट सञ्चालित स्वास्थ्य संस्था बन्द

काठमाडौं, ३१ जेठ । काठमाडौं महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र रहेका २ वटा स्वास्थ्य संस्था बन्द गराएको छ । महानगरले गैरकानूनी ढंङ्गबाट सञ्चालन भएको २ (दुई) वटा स्वास्थ्य संस्था बन्द गराएको मेयर बालेन्द्र साहले जानकारी दिएका छन् ।
स्वास्थ क्षेत्रका कार्यलाई अझ प्रभावकारी बनाउन महानगरपालिका अन्तर्गत रहेको स्वास्थ्य विभागलाई सघन अनुगमन गरी कानूनी दायरामा स्वास्थ्य संस्थालाई ल्याउन महानगरले निर्देशन यस अघि नै दिइसकेको छ ।

काठमाण्डौ महानगरपालिका क्षेत्रभित्र रहेका स्वास्थ्य संस्थाहरुले प्रचलित कानून, मापदण्ड अनुसार असाहय विपन्न सहित लक्षित वर्गहरुलाई कूल शैयाको १० (दश) प्रतिशत निःशुल्क उपचार गर्नुपर्ने लगायतका स्वास्थ्य संस्था सुधारको लागि गत जेठ ६ गते सार्वजनिक सूचना जारी गरेको थियो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (४) ख २ अनुसार नागरिकले अनुभूत गर्ने गरी महानगरपालिकाबाट भएको अनुगमनको क्रममा त्यसतर्फ व्यवहारिक प्रयत्न भएको नपाईएको पनि साहको गुनासो छ । सरकारी अस्पतालमा समेत सरसफाई, सेवाप्रवाह अस्तव्यस्त पाईएको भन्दै उनले महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र रहेका गैरकानूनी ढंङ्गबाट सञ्चालन भएको २ (दुई) वटा स्वास्थ्य संस्था बन्द गराइएको उल्लेख गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);