अस्पताल बन्द गराउने बालेनको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

अस्पताल बन्द गराउने बालेनको चेतावनी

काठमाडौं, १७ जेठ । काठमाडौं महानगरपालिकाले छुट सुविधा सम्बन्धी विवरण उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरुलाई कारबाही गर्न मन्त्रालयलाई आग्रह गरेको छ । महानगरले विपन्न वर्गहरुलाई दिनुपर्ने कुल शैयाको १० प्रतिशत छुट्याई निशुल्क उपचार गर्नुपर्ने र सोको विवरण माग गर्दा उपलब्ध नगराएका स्वास्थ्य संस्थाहरुलाई नियमन र कारबाही गर्न स्वास्थ्यमन्त्रालयलाई आग्रह गरेको हो ।

कारबाहीबारे महानगर प्रमुख बालेन्द्र साहले मन्त्री मोहनबहादुर बस्नेतलाई ध्यानाकर्षण गराएका हुन् । यदि मन्त्रालयले ती स्वास्थ्य संस्थाहरुलाई ७ दिन भित्र कानुनी दायरामा नल्याएमा महानगर आफैले अस्पताल प्रशासन बन्द गर्ने समेत बालेनले चेतावनी दिएका छन् ।

महानगरपालिकाले आफ्नो क्षेत्र भित्र रहेका अस्पताल लगायत विभिन्न स्वास्थ्य संस्थाहरुले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ एवं प्रचलित स्वास्थ्य सम्बन्धी कानुन अनुसार विपन्न एवं लक्षित वर्गहरुलाई दिनुपर्ने कुल शैयाको १० प्रतिशत छुट्याई निशुल्क उपचार गर्नुपर्ने लगायतका स्वास्थ्य सुविधाहरु उपलब्ध गराउने सम्बन्धमा यस काठमाडौँ महानगरपालिकाबाट गत जेठ ६ गत ेसार्वजनिक सूचना जारी गरेको थियो ।

मेयर साहले सामाजिक सञ्जालमा लेखेका छन्,‘नेपालको संविधान र प्रचलित कानुनले आधारभूत स्वास्थ्य सम्बन्धी मौलिक हक राज्यले प्रत्याभूति गर्नुपर्ने र सो अधिकारको कार्यान्वयन गर्ने दायित्व तीनै तहको सरकारको रहेको छ । स्वास्थ्यमा सर्वसाधारणको पहुँच अभिवृद्घि गर्दै सबैका लागि सर्वसुलभ स्वास्थ्य उपलब्ध गराउने र विद्यमान कानुन अनुसार नागरिकले पाउने स्वास्थ्य सम्बन्धी छुट सुविधाहरु उपलब्ध गराउने तर्फ माननीय मन्त्रीज्यूको ध्यानाकर्षण गराउँदै काठमाडौँ महानगरपालिकाले छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरुको संलग्न विवरण अनुसार नियमन र कारबाही गर्न अनुरोध गरेको छौ । यदि मन्त्री ज्युले ७ दिन भित्र उहाँहरुलाई कानुनी दायरामा ल्याउनु भएन भने हामी अस्पताल प्रशासन बन्द गर्न बाध्य हुनेछौ ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);