देउवा आरजुसहित सिंगापुर उडे | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

देउवा आरजुसहित सिंगापुर उडे

काठमाडौं, ३१ जेठ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्निसहित सिंगापुर प्रस्थान गरेका छन् ।

नेपाली कांग्रेसका सभापति समेत रहेका देउवा मंगलबार राति ११ बजे नियमित स्वास्थ्य परिक्षणका लागि सिंगापुर उडेका हुन् ।

देउवाको सचिवालयको अनुसार उनकी पत्नी डा.आरजु देउवा पनि उनीसँगै सिंगापुर गएकी छिन् ।

देउवाले पेटसम्बन्धि समस्याको उपचार सिंगापुरमा गराउँदै आएका छन् । देउवा २/२ वर्षमा सिंगापुर फलोअपमा जानुपर्नेमा उनी विगत ३ वर्षदेखि गएका थिएनन् । देउवा दम्पत्ति करिब एक साता सिंगापुर बस्ने बुझिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);