एउटा जहाज 'हेर्न र लिन' निगमका २० कर्मचारी सिंगापुर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

काठमाडौं, ११ भदौ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले मर्मत भइरहेको आफ्नो एउटा ठूलो जहाज ‘हेर्न र लिन’ जाने निहुँमा लाखौं खर्च गरी २० जना कर्मचारी सिंगापुर पठाएको छ।‘जहाज थपेर व्यवस्थापन पनि सुधार गर्दै लानुपर्छ’ भन्ने रटान लगाउने निगमका महाप्रवन्धक सुगतरत्न कंशकारले ती कर्मचारीको भ्रमण बिदा स्विकृत गरेका हुन्।

 

आजको नागरिक दैनिकमा खबर छ– तीमध्ये आधाजति सिंगापुर घुमेर फर्किसकेका छन् भने आधा जति उतै घुमिरहेका छन् । सम्बद्ध विभागीय प्रमुखको सिफारिसपछि कंसाकारले भ्रमण विदा स्वीकृत गरेका हुन्।

 

निगक उच्च स्रोतका अनुसार इन्जिनियरिङ, क्वालिटी एस्योरेन्स र एयर बर्दिनेस विभागका निर्देशक र त्यसमुनिका अधिकृतसहित अन्य कर्मचारी एवं मुलुकको उड्यन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक तहका दुई गरी २० जना सिंगापुर घुम्नेमा दरिएका हुन् । तीमध्ये १८ जना निगमका कर्मचारी हुन्।

 

‘महाप्रबन्धक कंसाकारले स्वीकृति दिएपछि उनीहरुको सिंगापुर जाने बाटो खुलेको हो र यसका व्यवस्थापनले २० लाख रुपैंयाँ खर्च गरेको छ,’ स्रोतले भन्यो, ‘जो सिंगापुरमा जहाज हेर्न र लिन जाने भनेर गएका छन् ती कैले पनि जहाज मर्मत भइरहेको ‘ह्यांगर’ भित्र जानै पाउँदैनन्, लिएर आउनु त परकै कुरा भयो।’ आजको नागरिक दैनिकले खबर छापेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);