जहाज उडाउन अंग्रेजी जानेका चिनीयाँ क्याप्टेन ल्याइँदै | ईमाउण्टेन समाचार

Our Network

असोज ९ २०८३, शनिबार

जहाज उडाउन अंग्रेजी जानेका चिनीयाँ क्याप्टेन ल्याइँदै

captain

काठमाडौं, १६ चैत । नेपाल वायुसेवा निगमले चिनीयाँ जहाज वाई १२ इ उडानको लागि ३ चिनीयाँ क्याप्टेन ल्याउने भएको छ ।

हाल निगमसँग ४ थान जहाजका लागि दुई जना मात्रै क्याप्टेन रहेका थिए । जसमा एकजना भने अझै बिरामी छन् । निगमले नेपाली क्याप्टेनभन्दा १ हजार अमेरिकी डलर बढी तिरेर चिनीयाँ क्याप्टेन ल्याउन लागेको हो । निगमले एकजना चिनीयाँ क्याप्टेनको लागि ८ हजार अमेरिकी डलर मासिक तलब दिने गरी सहमति गरेको छ । समाचारमा लेखिएको छ, वाई १२ इ जहाज उडान गर्ने नेपाली क्याप्टेनले ७ हजार डलर पाउँदै आएका छन् ।

निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले ती चालकलाई नेपाल ल्याउने प्रक्रिया सुरु भइसकेको जानकारी दिए । बिगतमा अंग्रेजी बोल्न नजान्ने पाइलट चिनीयाँ पक्षले उपलब्ध गराउँदा समस्या भोगेको निगमले यसपटक भने अंग्रेजी भाषा जानेका पाइलट ल्याउन लागेको कंसाकारले बताए । आजको कारोबारको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।