गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट नेपाल एयरलाइन्सको नियमित उडान | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट नेपाल एयरलाइन्सको नियमित उडान

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज (मंगलवार) देखि नेपाल एयरलाइन्सले नियमित उडान र अवतरण शुरु गरेको छ ।

मंगलवार बिहान मलेसियाको क्वालालम्पुरबाट आएको नेपाल एयरलाइन्सको एयरबस ३२० भैरहवामा ‘ल्यान्ड’ गरेको छ । सोमवार काठमाडौंबाट क्वालालम्पुरतर्फ उडेको एयरबस ३२० जहाज मंगलवार क्वालालम्पुरबाट सिधै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भैरहवामा अवतरण गरेको हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट सातामा दुई व्यावसायिक उडान गर्ने तयारी गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भैरहवाबाट दिल्ली उडानको लागि भारतसँग हवाई रुटको अनुमति लिन सरकारले प्रयास गरिरहेको बताउनु भयो । उहाँले छिट्टै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान हुने बताउनु भयो । मन्त्री किराँतीले विमानस्थल नियमित र पूर्ण क्षमतामा सन्चालनका लागि प्रचार र बजारीकरण १० गुणाले बढाउन नेपाल एयरलाइन्सलाई निर्देशन दिनुभयो। उहाँले वायु सेवा निगमका विमानहरुलाई घाममा सुकाएर राख्ने छुट निगमलाई नभएको बताउनु भयो।

नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई बुद्धिष्ट सर्किटको विकास गर्न कोलम्बो, बैंकक र म्यानमारको मण्डाले विमानस्थलबाट यात्रुहरुलाई लुम्बिनी ल्याउने प्रयासमा रहेको बताउनु भयो। उहाँले लुम्बिनीको क्षेत्रबाट मेलेसिया लगायत अन्य देशमा वैदेशिक राजगारीमा जानेहरु घर फर्कन सहज बनाउने योजना रहेको बताउनु भयो । उहाँले नेपाल एयरलाइन्सले सस्तो भाडादरमा उडान भर्ने बताउनु भयो।

अहिले क्वालालम्पुर–भैरहवाको प्रतियात्रु भाडादर ११ हजार ४६१ रुपैयाँ कायम गरिएको छ । क्वालालम्पुर–भैरहवा–काठमाडौंको भाडादर १२ हजार ३४६ रुपैयाँ कायम गरिएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);