प्रधानमन्त्रीलाई पशुपति दर्शन २०५२ सालमा आएको भए के हुन्थ्यो ? | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २८ २०८१, बुधवार

प्रधानमन्त्रीलाई पशुपति दर्शन २०५२ सालमा आएको भए के हुन्थ्यो ?

काठमाडौं, २८ जेठ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का नेता डा.भीम रावलले प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डलाई पशुपतिनाथ मन्दिरको दर्शन २०५२ साल तीर आएको भए राष्ट्रिय राजनीति फरक हुने टिप्पणी गरेका छन् ।

आज सामाजिक सञ्जालमा ट्विट गर्दै नेता रावलले यस्तो टिप्पणी गरेका हुन् । उनले प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गेरु वस्त्र लगाएर पूजा गरेपछि अध्यात्मिक अनुभूति र पशुपतिनाथको सम्झना हुने भन्नुभएको थियो!? भन्दै प्रश्न पनि गरेका छन् ।

उनले लेखेका छन्,‘प्रमं प्रचण्डले मन्त्रीहरू सहित पशुपतिनाथको दर्शन गर्नुभएछ।यस्तो चिन्तन उहाँमा २०५२ साल तिर आएको भए राष्ट्रिय राजनीति कस्तो हुन्थ्यो होला? प्रमंले भारतको इन्दौरमा गेरू बस्त्र लगाई पूजा गरेपछि भारतीय प्रमंले प्रचण्डलाई अध्यात्मिक अनुभूति र पशुपतिनाथको सम्झना हुने भन्नुभएको थियो!?’

शनिबार प्रचण्डसहित भारत भ्रमण गएका ५ जना मन्त्रीहरुले पशुपतिनाथ मन्दिरको दर्शन गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);