बासुदेव बडु । दार्चुलामा महिलालाई जबरजस्ती करणी गरेको आरोपमा फरार रहेका वडाध्यक्ष पक्राउ परेका छन् ।
मालिकार्जुन गा पा ३ का वडाध्यक्ष मदन सिह धामी एक स्थानीय महिला लाई जबरजस्ती करणी गरेको आरोपमा महाकाली न पा ४ बसपार्क बाट पक्राउ परेका हुन् ।
गत माघ २० गते महिलालाई जवरजस्ती करणी गरी मालिकार्जुन गा पा ३ का वडाध्यक्ष धामी फरार रहेका थिए । आफूलाई जबरजस्ती करणी गरेको भन्दै वडाध्यक्ष मदन सिह धामी विरुद्ध गत फागुन ५ गते पीडित महिलाले जिल्ला प्रहरी कार्यालय दार्चुलामा जाहेरी दिएको र उक्त जाहेरीको आधारमा वडाध्यक्ष मदन सिह धामी लाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुला ले जानकारी दिएको छ ।
पक्राउ परेका वडाध्यक्ष धामी लाई जिल्ला अदालतबाट म्याद थप गरेर प्रहरी हिरासत मा राखिएको र घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुला ले जानकारी दिएको छ ।