काठमाडौं, २५ पुष । बाँकेको नेपालगन्जमा प्रादेशिक महोत्सव हुने भएको छ ।
नेपाल उद्योग वाणिज्य संघ बाँकेले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रदेशिक महोत्सवबारे जाकारी गराएको हो । नेपाल उद्योग वाणिज्य संघको स्वर्णिम वर्षको अवसरमा माघ ११ देखि २२ गतेसम्म हुने महोत्सवले प्रदेशभित्र थप उद्योग व्यावसायको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
बहुउद्देशिय सभागृह तथा प्रदर्शनीस्थल निर्माण सहयोगार्थ आयोजना हुने महोत्सवका लागि संघका अध्यक्ष वैश्यको संयोजकत्वमा ७ सय ५१ सदस्यीय मुल आयोजक समिति र २२ वटा उपसमिति गठन गरिएको छ ।