१५ महिनामा सक्नु पर्ने सडक निर्माण १२ प्रतिशत मात्र सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

पुष १९ २०८१, शुक्रबार

१५ महिनामा सक्नु पर्ने सडक निर्माण १२ प्रतिशत मात्र सम्पन्न

naryan1

काठमाडौं, २५ पुष । पूर्वी पहाडी जिल्ला संखुवासभाको भ्याङ्खोला–याफुडाँडा–तम्बेबेसी सडक खण्डको निर्माण कार्य अत्यन्तै सुस्त गतिमा चलेको पाइएको छ । १५ महिनामा सक्नु पर्ने सडक निर्माणको काम १२ महिनामा बाह्र प्रतिशत मात्रै सम्पन्न भएको छ ।

१२ करोड ६७ लाख २७ हजारको लागतमा भ्याङखोला देखी तम्बेबेसी सम्मको १५ किलोमिटर सडक ग्राभेल गर्न कोशी एण्ड न्यौपाने खाम्पाचे जोईन्ट भेन्चरले १५ महिनामा काम सक्ने गरि ठेक्का लिएको थियो । तर ठेक्का लिगेको १२ महिना अर्थात एक बर्ष बितिसक्दा समेत हाल सम्म बाह्र प्रतिशत मात्र काम सम्पन्न भएको छ । अबको तीन महिना चैत्र पहिलो हप्ता अर्थात मार्च २३ मा संम्झौता अनुसार म्याद सकिनेछ ।

उक्त सडक खण्ड निर्माणको लागि उन्नती परियोजनाले लगानी गरेको हो । परियोजनाले अवलोकन र अनुगमन मात्रै गर्नेछ भने जिल्ला प्राविधिक कार्यालयले कार्यन्वयन गराउनु पर्ने जिम्मा रहेको छ । भ्याङ्खोला–याफुडाँडा–तम्बेबेसी सडक खण्डको निर्माण कार्य अत्यन्तै सुस्तगतिमा काम भएको भन्दै स्थानीयबासीहरुले ब्यापक असन्तुष्टि जनाउँदै आएका छन् । सडक निर्माण गर्न थालेको एकबर्ष बितिसक्दा समेत भने अनुसारको कार्यप्रगति नभएको स्थानीय जीतबहादुर गुरुङले बताए । ‘यति ठूलो सडकको काम छ, १० ्र१२ जना ठाउँ ठाउँ लगाएर कसरी काम सम्पन्न हुन्छ । जनशक्तिको अभावकै कारणले काम अगाडि बढेको देखिँदैन ।’– उनले भने ।

निर्माणकार्य चित्त बुझ्दो नभएको र काम ज्यादै सुस्तगतिमा चलेको भन्दै सडकको अनुगमन गर्न केही दिन अघि उन्नती परियोजनाका बरिष्ठ पूर्वाधारविज्ञ शम्भु यादव, जिल्ला प्राविधिक कार्यालय संखुवासभाका जिल्ला ईन्जिनियर रमेशकुमार श्रेष्ठ र जिल्लाका संचारकर्मीहरु सहितको टोली सो सडक खण्डमा पुगेका थिए । टोलीले सडकको बिस्तृत अध्ययन अनुसन्धान र अवलोकन गरेका थिए ।

यता निर्माण ब्यावसायी सन्तोष राईले समयमा पर्याप्त ईन्धन नपाएकोले काममा ढिलाई भएको स्वीकारे । यसैबीच देशभर दोश्रोचरणको प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनको कारणले पनि निर्माण कार्यले गति लिन नसकेको हो । अब आवश्यकता अनुसार पर्याप्त मात्रामा ईन्धन समेत स्टकमा रहेको र चाहिएजति जनशक्ति समेत थपेर निर्धारित समयमा निर्माण कार्य सम्पन्न गर्नका लागि आफू लागिपरिरहेको निर्माण ब्यावसायी राईले बताए ।

जिल्लाको विकट क्षेत्र नै मानिने दिदिङ्ग, याफुडाँडा, तम्बेबेसी र अरुणपारिको याफु र माङतेवा लगायतका क्षेत्रहरुको मुख्य सडक भएकाले समयमा नै सम्पन्न भए सो क्षेत्रका स्थानीयहरुले राहत पाउने देखिन्छ ।आजको नयां पत्रिकामा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);