असार १ गतेदेखि सडक खन्नेलाई कारवाही | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

असार १ गतेदेखि सडक खन्नेलाई कारवाही

काठमाडौं, २५ जेठ । नेपाल सरकारले असार १ गतेदेखि सडक खन्न प्रतिबन्ध गरिएको छ । सरकारले आगामी असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको हो ।

सडक विभागले वर्षायाममा धारा,ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रिदै जाने भएकोले रोक लगाइएको सूचनामा उल्लेख गरेको छ ।

सो अवधिमा संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं र सडक डिभिजनहरु मातहतका कुनै पनि सडक खन्ने स्वीकृत नदिइने विभागले स्पष्ट पारेको छ । यदि कसैले जबरजस्ती सडक खनेमा कडा कारबाही गर्ने पनि चेतावनी दिएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);