काठमाडौं, २५ पुष । नेकपा एमालेले माओवादी केन्द्रसँगको पार्टी एकतालाई तिव्रता दिने निर्णय गरेको छ ।
एमाले अध्यक्ष केपी ओलीको निवासमा बसेको स्थायी कमिटि बैठकले पार्टी एकतालाई तिव्रता दिने निर्णय गरेको हो । पार्टी एकताका लागि पद बाँडफाँट गर्न कार्यदल बनाउने निर्णय गरेको सचिव योगेश भट्टाराईले जानकारी दिनुभयो ।
एकता प्रक्रियालाई अगाडि बढाउने विषयमा छलफलका लागि एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक आज बस्दै छ ।