छात्रवृत्ति नदिने विद्यालयलाई बालेनको कडा चेतावनी | ईमाउण्टेन समाचार

Our Network

भदौ १ २०८३, मंगलबार

छात्रवृत्ति नदिने विद्यालयलाई बालेनको कडा चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले छात्रवृत्ति वितरणको वितरण पेस गर्न संस्थागत विद्यालयलाई ताकेता गरेको छ ।

पहिलो पटक सूचना हुँदा विवरण पेस नगर्ने विद्यालयलाई महानगरपालिकाले दोस्रो पटक सूचना जारी गर्दै ताकेता गरेको हो महानगरपालिकाले पहिलो पटक यही जेठ १० गते सूचना जारी गरी विवरण पेस गर्न दिएको निर्देशनको अटेर गरेपछि विद्यालयलाई ताकेता गरेको हो ।

३४२ विद्यालयले तोकिएको समयभित्र विवरण पेस नगरेकोले महानगरपालिकाले पुनः सूचना जारी गर्दै यही जेठ २८ गतेभित्र विवरण पेस गर्न निर्देशन दिएको हो । यदि २८ गतेभित्र पनि विवरण पेस नभए विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति नै रद्द गरिदिने महानगरपालिकाले चेतावनी दिएको छ ।

Leave a Reply

ताजा समाचार