बाजुरामा कृषि एम्बुलेन्स चल्ने | ईमाउण्टेन समाचार

Our Network

साउन २३ २०८३, आइतबार

बाजुरामा कृषि एम्बुलेन्स चल्ने

बाजुरा । बाजुराको हिमाली गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिकामा एक एक वटा कृषि एम्वुलुन्स संचालन हुने भएको छ ।

बाजुराका कृषकले फलाएको अग्रानिक रैथाने वालीहरु बजार सम्म ढुवानि गर्न नसक्दा कृषकै बारीमा कुहिएर खेर जाने समस्या भएको भन्दै सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले संघिय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुशाललाई बाजुरामा कृषि एम्वुलेन्समा बजेट विनियोजन गर्न अनुरोध गरेका थिए । सोहि कुरालाइ आत्मसाथ गर्देै मन्त्री भुसालले बाजुराको स्वामीकार्तिक र हिमालि गाउँपालिकालाई कृषि एम्वुलेन्स खरीदका लागि बजेट विनियोजन गरेका हुन् ।

कृषि एक्बुलेस सञ्चालनमा आएपछि कृषकले फलाएका सबै खालका कृषि जन्य पदार्थहरु सहजै बजार सम्म ढुवानि भएर किसानलाई राहात पुग्ने बताइएको छ ।

हिमाली क्षेत्रमा कृषकले स्याउ लगाएत फलफूलहरु तमाम फलाएपनि हरेक वर्ष फलफुल बोटमै कुहिन्थ्यो अवस्था थियो ।

Leave a Reply

ताजा समाचार