संसद बैठक अघि अर्थमन्त्रीले ओली र रविसँग के कुरा गरे | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

संसद बैठक अघि अर्थमन्त्रीले ओली र रविसँग के कुरा गरे

काठमाडौं, २३ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण महतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेसँग छलफल गरिरहेको बुझिएको छ ।

करका दर परिवर्तन गरेको प्रश्न उठेपछि डा.महतले विभिन्न दलहरुका प्रमुखहरुसँग सम्वाद गरेका हुन् । छलफल नयाँ बानेश्वरस्थित संसद भवनमा जारी रहेको स्रोतले जनाएको छ ।

संसद चल्नेबारे सहमति जुट्न नसकेपछि ११ बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक अहिलेसम्म बस्न सकेको छैन् । बैठक साढे १ बजेलाई सारिएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले करका दर हेरफेरमा अनाधिकृत व्यक्तिको सम्लग्नता रहेको विषयमा सरकारसँग जवाफ माग्ने तयारी गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);