काठमाडौं, २३ जेठ । कैलालीमा एक महिलाको शव गाडेको अवस्थाका फेला परेको छ । केदारेश्वर सामुदायिक वनमा गाडिएको अवस्थामा महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । गौरीगंगा नपा २ की २७ वर्षीया कविता बुढाको शव गाडेको अवस्थामा भेटिएको हो ।
कविता हराएको भन्दै खोजि गरिदिन परिवारले सोमबार प्रहरीमा निवेदन दिएका थिए । हत्यापछि शव गाडेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । २ सन्तानकी आमा कविताका श्रीमान रोजगारीका क्रममा भारतमा छन्।