एक महिनासम्म खाता सञ्चालन नहुँदा सेवाग्राहि मर्कामा | ईमाउण्टेन समाचार

Our Network

माघ ३ २०८१, बिहीबार

एक महिनासम्म खाता सञ्चालन नहुँदा सेवाग्राहि मर्कामा

मेगराज खड्का, ५ बैशाख रुकुम । रुकुम जिल्ला स्थित जिल्ला समन्वय समिति र स्थानीय तहहरु घोषणा भएको करिब एक महिना बित्न लाग्दा पनि बैंक खाता संचालनमा नआउँदा सेवाग्राहिहरु मर्कामा परेका छन । सरकारले राजपत्रमा सूचना प्रकाशित गरि २०७३ चैत्र ११ गते रुकुम जिल्लामा ३ नगरपालिका सहित ९ वटा स्थानीय तहको

एक महिनासम्म खाता सञ्चालन नहुँदा सेवाग्राहि मर्कामा

 

 

मेगराज खड्का, ५ बैशाख रुकुम । रुकुम जिल्ला स्थित जिल्ला समन्वय समिति र स्थानीय तहहरु घोषणा भएको करिब एक महिना बित्न लाग्दा पनि बैंक खाता संचालनमा नआउँदा सेवाग्राहिहरु मर्कामा परेका छन । सरकारले राजपत्रमा सूचना प्रकाशित गरि २०७३ चैत्र ११ गते रुकुम जिल्लामा ३ नगरपालिका सहित ९ वटा स्थानीय तहको घोषणा गरेपनि हालसम्म कुनै पनि स्थानीय तहहरुले बैंक खाता सञ्चालनमा ल्याएका छैनन् । जसले गर्दा गाउँगाउँबाट कार्यालयमा विकास निर्माण र अन्य कामको भुक्तानी लिन आउने सेवाग्राहीहरु मर्कामा परेका हुन ।

 

जिल्ला समन्वय समिति सहित जिल्ला स्थित सबै गाउँ तथा नगरपालिकाहरुले नयाँ संरचना अनुसारको नामबाट खाता खोलेको पनि कारोबार भने शुरु भएको छैन । जिल्ला समन्वय समिति रुकुमका स्थानीय विकास अधिकारी नरेन्द्र कुमार राणाले लामो समय सम्म खाता सञ्चालन हुन नसक्दा विकास निर्माण लगायत अन्य रकम भुक्तानीका लागि कार्यालयमा आउने सेवाग्रहिहरुलाई सेवा दिन नसकिएको भएपनि अबको केहि दिनमा खाता सञ्चालन आउने जानकारी दिए ।

 

जिल्लाका अन्य नगरपालिका, गाउँपालिका र सयुक्त वडा कार्यालयबामा पनि बैंक मार्फत कारोबार भएको छैन । कारोबार नहुँदा त्यस कार्यालय मार्फत हुने भुक्तानी पनि रोकिएको छ । सेवाग्रहिहरु दैनिकजसो कार्यालयमा आएर सोध्ने गरेको भएपनि कर्मचारीहरुले सातापछि आउनुहोला भन्दै फर्काउने गरेका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);