काठमाडौं, २३ जेठ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ९८ पैसा र विक्रिदर १३२ रुपैयाँ ५८ पैसा रहेको छ ।
त्यस्तै, आज एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ९ पैसा र विक्रिदर १४१ रुपैयाँ ७३ पैसा रहेको छ ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ९४ पैसा र विक्रिदर ८७ रुपैयाँ ३४ पैसा रहेको बैंकले जनाएको छ ।