वातावरणको संरक्षण र संवद्र्धन गर्न जरुरीः मन्त्री महतो | ईमाउण्टेन समाचार

Our Network

माघ १० २०८१, बिहीबार

वातावरणको संरक्षण र संवद्र्धन गर्न जरुरीः मन्त्री महतो

काठमाडौं, २२ जेठ । वन तथा वातावरणमन्त्री डा.वीरेन्द्रप्रसाद महतोले वातावरणलाई मैत्रीपूर्ण बनाउन आफैँबाट सुधार गर्न जरुरी रहेको बताउनुभएको छ ।

सोमवार विश्व वातावरण दिवसको अवसरमा आयोजित कार्यक्रमलाई ललितपुरमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रदुषणलाई कम गरी मैत्रीपूर्ण वातावरण बनाउन आफूबाट नै सुधारका काम थाल्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले सबै नेपाली नागीरकहरुले फोहोर गर्दिन भन्ने प्रण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले अहिले विश्वको चुनौति भनेको जलवायु परिवर्तनको निर्मुल पार्नु रहेकाले नेपालबाट नै यसको थालनी गर्नुपर्ने बताउनु भयो । उहाँले हरेक नेपालीहरुले आफ्नो जन्मदिनमा एक बिवा रोप्दै जाने हो भने देश हराभरा हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘वातावरणलाई मैत्रीपूर्ण बनाउने हो भने, अरु देशबाट नभइ, अरुको भाषण नसुनी आफूबाटै शुरु गरी नेपाली सबै जनाताले प्रण गर्ने हो भने, फोहोर गर्दैनौँ, गर्न दिन्ँदैनौँ, प्लाष्टिकको प्रयोग गर्दैनौँ भन्ने प्रण गरेको खण्डमा यसलाई हामी कम गर्नसक्छौँ । अहिले विश्वको चुनौति भनेकै जलवायु परिवर्तन बनेको छ । हामीबाट नै यसमा शुरु गरौँ । हामीले आफ्नो जन्मदिनमा एउटा मात्रै बिरुवा रोप्ने हो भने देश हरियाली नै हरियालीले भरिन्छ । हामी ठूला भाषण गर्छौं तर यहाँबाट निस्किनेबित्तिकै चिल्लो गाडी चढ्छौँ, प्लास्टिक बाहिर फाल्छौँ । पुथ्वीलाई बचाउँ, आफैँबाट शुरुवात गरौँ ।’

मन्त्री महतोले प्लाष्टिकजन्य पदार्थको कम प्रयोग गरी पृथ्वी र प्रकृति बचाउन आवश्यक रहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);