‘भूमिको रक्षापछि मात्रै संसदको गतिरोध हट्छ’ | ईमाउण्टेन समाचार

Our Network

फागुन ८ २०८२, शनिबार

‘भूमिको रक्षापछि मात्रै संसदको गतिरोध हट्छ’

काठमाडौं, २२ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता एवं अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हीतको रक्षापछि मात्रै संसदमा भएको अवरोध हट्ने बताउनुभएको छ ।

आईतवार बसेको प्रतिनिधि सभाको बैठक अवरोधपछि संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्र, संविधानको रक्षा र भूमिको रक्षापछि मात्रै संसदको गतिरोध हटाउने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘राष्ट्रको रक्षा, संविधानको रक्षा, भूमिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षा र नेपालको समग्र हीतको रक्षापछि मात्रै यो सेटल हुन्छ ।’

Leave a Reply