नागरिकता विधेयक प्रमाणिकरणको प्रक्रियामा त्रुटी भएकै हो : प्रदीप पौडेल | ईमाउण्टेन समाचार

Our Network

असार १ २०८१, शुक्रबार

नागरिकता विधेयक प्रमाणिकरणको प्रक्रियामा त्रुटी भएकै हो : प्रदीप पौडेल

काठमाडौं, २२ जेठ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नागरिकता विधेयक प्रमाणिकरणको प्रक्रियामा त्रुटी भएको बताउनु भयो । उहाँले नयाँ संसदमा छलफल गरेर त्यसले टुंग्याएको विषयलाई राष्ट्रपतिले प्रमाणिकरण गर्नुपर्ने बताउनु भयो । उहाँले नागरिकता विधेयक प्रमाणिकरणको समय पनि नमिलेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो–‘त्यो विधेयक पछिल्लो चरणमा संसदमा दर्ता गरिनुपथ्र्यो । संसदमा दर्ता गरेर, सांसदका बीचमा छलफल भइसकेपछि सभामुखले त्यसलाई राष्ट्रपतिकहाँ प्रमाणित गर्नका लागि पठाउनुपथ्र्यो । संसदबाट क्याबिनेटमा जाने, क्याबिनेटले राष्ट्रपतिकहाँ लगिसकेपछि बल्ल त्यसलाई प्रमाणिकरण गर्ने अवस्था हुनुपथ्र्यो । त्यसैले कन्टेन्टको बारेमा सहमति, विमती के छ त्यो भन्दापनि प्रोशेसका बारेमा त्रुटी देखियो । प्रक्रिया र समय उपयुक्त भएन । सांसदहरुले छलफल गरेर टुंग्याउनुपथ्र्यो । कन्टेन्टको बारेमा कसैको बिरोध थिएन । कन्टेन्टमा आम रुपमा धेरै विवाद नहुँदा नहुँदै पनि प्रोसेसको बारेमा जुन त्रुटी गरियो त्यो स्वभाविक भएन । नयाँ संसदमा छलफल गरेर त्यसले टुंग्याएको विषयलाई राष्ट्रपतिले प्रमाणिकरण गर्नुपर्छ भन्ने मलाई लाग्छ ।’

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);