फ्यानले बिहेको कार्डमा छापे धोनीको तस्विर र जर्सी नम्बर | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

फ्यानले बिहेको कार्डमा छापे धोनीको तस्विर र जर्सी नम्बर

एजेन्सी, २२ जेठ । भारतीय पूर्व कप्तान महेन्द्र सिंह धोनीका फ्यानहरुको क्रेज कसैबाट लुकेको छैन । भर्खरै एक फ्यानले क्रेजको सबै हद पार गरेका छन् । वास्तवमा उनले आफ्नो विवाहको कार्डमा आफ्नो तस्विरको सट्टा धोनीको तस्विर छापेका छन् । यसबाहेक उनको जर्सी नम्बर पनि लेखिएको छ । विवाहको कार्ड अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

धोनीका यो विशाल फ्यान छत्तीसगढका बासिन्दा हुन् जसको नाम दीपक पटेल हो । दीपक महेन्द्र सिंह धोनीलाई बाल्यकालदेखि नै आदर्श मान्छन् र उनी क्रिकेट पनि खेल्छन्। दीपकले धोनीलाई हेरेर कप्तानीका बारीकताहरू सिकेको र गाउँको टोलीको नेतृत्व गरेको खुलासा गर्छन्।

दिपक बिहे गर्ने तयारीमा छन् । दिपकले आफ्नो विवाहको कार्डमा चेन्नई सुपर किंग्सका कप्तान धोनीको तस्वीर छापेका छन् । यससँगै जर्सी नम्बर ७ पनि लेखिएको छ । वास्तवमा, दीपकको विवाह ७ जुनमा हुँदैछ । दिपकको यो क्रेज देखेर सबै छक्क पर्छन् । यसै क्रममा दिपकको विवाहको कार्ड अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भर्खरै समाप्त भएको आईपीएलको १६ औं सिजनमा धोनीको कप्तानीमा चेन्नई सुपर किंग्सले आफ्नो पाँचौं उपाधि जितेको थियो। पूरै सिजनमा धोनीका फ्यानहरुको क्रेज देखिएको थियो । चेन्नईको हरेक खेलमा स्टेडियममा ठूलो संख्यामा दर्शक उपस्थित थिए । धोनीको मुम्बईको कोकिलाबेन अस्पतालमा घुँडाको शल्यक्रिया गरिएको छ । आईपीएलको एक खेलमा उनी यसबाट पीडित देखिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);