महिला एशियन कप छनोट खेल्ने यु–२० टोलीको बिदाई | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

महिला एशियन कप छनोट खेल्ने यु–२० टोलीको बिदाई

काठमाडौं, २१ जेठ । म्यानमारमा आयोजना एएफसी यु–२० महिला एशियन कप छनोट अन्तर्गत दोस्रो चरणको खेल खेल्न जाने नेपाली महिला टोलीलाई आईतवार बिदाई गरिएको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा आईतवार एन्फाले एक कार्यक्रमको आयोजना गरेर म्यानमारमा छनोट खेल्न जान लागेको नेपाली महिला टोलीको बिदाई गरेको हो । टोलीलाई एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, प्रवक्ता सुरेश साह लगायतले बिदाई गर्नुभयो । एन्फा अध्यक्ष नेम्वाङले म्यानमार भ्रमणलाई सार्थक बनाउन शुभकामना दिनुभयो ।

छनोट अन्तर्गत नेपाल छनोटको समूह ‘बी’ मा रहेको छ । नेपाल सम्मिलित समूहमा चीन, म्यानमार र चाइनिज ताइपेइ छन् । नेपालले जुन ६ मा आयोजक म्यानमारसँग खेल्दै छनोटको शुरुवात गर्नेछ । यसैगरी नेपाले जुन ८ मा चीन तथा जुन १० मा चाइनिज ताइपेइसँग अन्तिम छनोट खेल खेल्नेछ । नेपालले यस अघि प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्याण्डलाई समान ६–० ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो । नेपाली टोलीलाई याम प्रसाद गुरुङले गरेका छन् भने नेपाली टोलीको कप्तानी दिपा शाहीले सम्हाल्ने छिन् ।

नेपाली टोली
गोलकिपरः कविता विक, लिला जोशी, सावित्री किसान
रक्षकः सविना चौधरी, तुलसा बोहरा, सुनिता भुलन, सिम्रन राई, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, सजनी थोकर, कुमारी तामाङ
मिडफिल्डरः दीपा शाही (कप्तान), सरस्वती हमाल, मनमाया दमाई, सुनकला राई, हिमा रावत, सुष्मा जिटी, अञ्जली माचामासी, सारा बज्राचार्य
फरवार्डः अमिषा कार्की, ममता पुन, गरिमा राई, सदिपा भोलन

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);