भारत भ्रमण सफल र परिणामुखि रह्योः प्रधानमन्त्री दाहाल | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

भारत भ्रमण सफल र परिणामुखि रह्योः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण सफल र परिणाममुखि रहेको बताउनु भएको छ ।

भारतको ४ दिने औंपचारिक भ्रमण गरी शनिबार स्वदेश फर्कनु भएको उहाँले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीमाझ सो दावी गर्नु भएको हो । प्रधानमन्त्री दाहालले दुई मुलुकबीचको बहुआयामिक सम्बन्धलाई समानता र आपसी लाभको आधारमा थप मजदुत बताउन पनि आफ्नो भारत भ्रमणले महत्वपूर्ण योगदान पु¥याएको बताउनु भयो । उहाँले विगतमा थाँति रहेका विषयहरुलाई पनि सम्बोधन हुने गरी भारतीय प्रधानमन्त्री मोदीसँग खुलस्त कुराकानी भएको पनि बताउनु भयो । प्रधानमन्त्री दाहालले भन्नु भयो, ‘नेपाल र भारतबीच रहेको बहुआयामिक सम्बन्धलाई समानता र आपसी लाभको आधारमा थप मजदुत बनाउन यस भ्रमणले योगदान गरेको छ । भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीसँग खुलस्त रुपमा कुराकानी भई विश्वासको वातावरण सृजना भएको छ भने थाँति रहेका विषयलाई सम्बोधन गर्न सकिने विश्वासको राम्रो आधार तयार भएको छ । नयाँ आम निर्वाचन पश्चातको पहिलो विदेश भ्रमणको रुपमा रहेको यो भारत भ्रमण मैले विगतका भ्रमणभन्दा फरक पाएको छु । सारभूत रुपमा यो भ्रमण परिणाममुखि रहेको छ । र, भविष्यका लागि स्पष्ट मार्गदर्शन समेत गरेको छ ।’

प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण भविष्यका लागि पनि मार्गदर्शनको रुपमा रहने जिकीर समेत गर्नु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);