एमाले सचिवालय बैठक च्यासलमा जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

एमाले सचिवालय बैठक च्यासलमा जारी

काठमाडौं, १९ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सचिवालय बैठक जारी छ । पार्टी कार्यालय च्यासल ललितपुरमा शुक्रबार बिहान साढे ११ बजे बैठक बोलाइएको हो ।

बस्ने बैठकमा समसामयिक विषयमा छलफल गर्न र पार्टीको धारणा तय गर्न तथा केन्द्रीय सदस्यहरुको कार्यविभाजन हुने स्रोतले जनाएको छ ।

गत बैशाख २८ गतेदेखि ३० गतेसम्म बसेको पार्टी केन्द्रीय कमिटिको बैठकले आफ्नो जिम्मेवारीमा रहेको भुगोल भन्दा फरक जिल्लामा काममा खटाउने निर्णय गरेको थियो ।

सोही निर्णय बमोजिम केन्द्रीय सदस्यहरुको कार्य विभाजन गर्ने पार्टीको तयारी छ । त्यस्तै, बैठकले जिल्लाका इन्चार्ज र सहइन्चार्जहरु परिवर्तन गर्ने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);