प्रचण्डले मोदीसँग तीन पटक एक्ला एक्लै वार्ता गरेको खुलासा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रचण्डले मोदीसँग तीन पटक एक्ला एक्लै वार्ता गरेको खुलासा

काठमाडौं, १९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको विद्युत बँगलादेशसँग निर्यात गर्नका लागि भारतसँग महत्वपूर्ण सहमति भएको बताएका छन् । उनले आज शुक्रवार विहान दिल्लीस्थित होटल मौर्यमा नेपालका सञ्चारकर्मीसँगको भेटमा यस्तो बताएका हुन् ।

‘जलविद्युत क्षेत्रमा लगानीका लागि महत्वपूर्ण आधार तयार भएको छ । नेपालको विद्युत बँगलादेशसम्म निर्यात गर्नका लागि महत्वपूर्ण सहमति भयो,’ प्रचण्डले भने ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग तीन पटक वन टु वन छलफल भएको समेत प्रचण्डले खुलासा गरे । विद्युत व्यापारका लागि ब्रेक थ्रू भएको उनको दाबी थियो ।

महाकाली सन्धी अनुसार पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माणका लागि तीन महिनाभित्र वृस्तृत परियोजना प्रतिवेदन डिपिआर बनाउने सहमति भएको उनको भनाई थियो । २७ वर्ष अघि महाकाली सन्धी भएपनि अहिलेसम्म डिपिआर तयार भएको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);