काठमाडौं, १९ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्णसहित ३ जनाको बयान सुरु भएको छ । काठमाडौं जिल्ला अदालतमा खाँणसहित टेकनाथ रिजाल र ललितपुरका हरिभक्त महर्जनको बयान सुरु भएको हो ।
रिजाल शरणार्थीका नेता हुन् । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा ३ जनाले बयान दिन सुरु गरेका हुन् । सो प्रकरणमा हालसम्म १८ जना पक्राउ परिसुकेका छन् ।
अझै १२ जना बाहिर छन् । १५ प्रतिवादीको बयान सकिएको छ भने खाँण, महर्जन र रिजालसँग मात्रै बयान लिन बाँकी छ ।