पुर्वी तराईमा अत्यधिक गर्मी बढ्यो, मोरङ र सुनसरीका विद्यालय बन्द | ईमाउण्टेन समाचार

Our Network

मंसिर २ २०८१, आइतबार

पुर्वी तराईमा अत्यधिक गर्मी बढ्यो, मोरङ र सुनसरीका विद्यालय बन्द

काठमाडौं, १८ जेठ । अत्यधिक गर्मी बढेपछि तराईका विद्यालयहरु बन्द हुन थालेका छन् । केही दिनदेखि पूर्वी तराईमा अत्यधिक गर्मी बढेपछि विराटनगर र सुनसरीमा विद्यालयहरु बन्द गरिएका हुन् ।

बुधबार विराटनगरको तापक्रम ४१ डिग्री पुगेको थियो ।

सुनसरी सदरमुकाम इनरुवासहित तीन स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । इनरुवा नगरपालिकाले बिहीबारदेखि २४ गते बुधबारसम्ममा बिदा दिएको हो ।

यसैगरी, विराटनगर उपमहानगरले गर्मीले स्वास्थ्यमा प्रतिकुल असर पर्ने सम्भावना बढेका कारण महानगर भित्रका सबै क्षेत्रका सार्वजनिक तथा संस्थागत विद्यालयमा बिदा दिएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);