प्रमाणिकरणसँगै नागरिकताको समस्या सधैंका लागि अन्त्य होस् : उपेन्द्र यादव | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

प्रमाणिकरणसँगै नागरिकताको समस्या सधैंका लागि अन्त्य होस् : उपेन्द्र यादव

सप्तरी (राजविराज), १७ जेष्ठ । जनता समाजवादीपार्टी (जसपा) नेपालकाअध्यक्षउपेन्द्र यादवले आफ्नै मुलुकमा नागरिकलाई नागरिकताका लागि लड्नुपर्ने समस्या सदाका लागि हल हुनेमा विश्वास व्यक्त गरेका छन् ।
बुधवार सप्तरीको राजविराजमा नवनिर्मित नर्सिङ्ग कलेज भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले नागरिकता विधेयक प्रमाणीकरण गरेका राष्ट्रपति रामचन्द्र पौडेललाई विषेश धन्यवाद समेत दिएकाछन् ।
 ‘मुलुकबाट नागरिकता सम्बन्धि समस्या सदाका हल होस्, नागरिकता पाउनकै लागि नागरिकलाई लड्नुपर्ने बिषय दुरभाग्यपूर्ण हो’ उनले भने, ‘यस्तो मुलुक संसारमा कतै छैन्, अन्य मुलुकमा त अन्य देशका नागरिकलाई पनि बोलाइ–बोलाइ नागरिकता दिन्छन् तर यहाँ त नागरिकलाई आफ्नै देशमा गैरनागरिक भएर बस्नु परेको छ ।’
 उनले विगतमापनिलामो सघर्षपछिमात्रै यहाँका नागरिकले नागरिकता र नागरिकता विधेयकमा पनि ठुलो नै सघर्ष गर्नु परेको बताए । ‘मधेशमा देखिएकानागरिकता सम्बन्धि समस्या समाधानकानिम्तिहामीले सडकदेखि सद्नसम्मलामो समय सघर्ष गर्दा पहिलो चरणमा २२ लाख र दोस्रो चरणमा ९ लाख नागरिकलाई नागरिकता दिलायौं’ उनले भने, ‘तर पनिथुप्रैनागरिकका सन्तानहरु गैरनागरिक नै छन्, त्यसकालागिपनिठुलै सघर्ष गर्नुपर्यो । संसदबाटदुई–दुई पटकपास भएको विधेयक राष्ट्रपतिकोमागएर अड्किरह्यो ।’
अहिले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा अब नागरिकता सम्बन्धिसबै समस्या समाधान हुनेमाआशावादी भएको अध्यक्ष यादवले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);