प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, विमानस्थलमा भारतकी विदेश राज्यमन्त्री लेखीद्वारा स्वागत | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, विमानस्थलमा भारतकी विदेश राज्यमन्त्री लेखीद्वारा स्वागत

नयाँ दिल्ली, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँ दिल्ली पुगेका छन् । चार दिवसीय भारत भ्रमणका लागि पुगेका उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतकी विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छिन् ।

विमानस्थलमा भारतका लागि नेपालका राजदूत डा. शंकर शर्मा, नेपालका लागि भारतका राजदूत नविन श्रीवास्तव पनि पुगेका थिए ।

प्रचण्ड तेस्रोपटक १० पौष २०७९ मा प्रधानमन्त्री बनेपछि पहिलोपटक विदेश भ्रमणमा छन् । भ्रमणकै दिन नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण भएको छ ।

भारतले भ्रमणभन्दा दुई दिन अघि संसद भवनमा नेपालको भूभाग समेत राखेर अखण्ड भारतको नक्शा समेटेपछि विवाद भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);