कोशीमा हिक्मत कार्की नेतृत्वको सरकार धरापमा | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३ २०८१, सोमबार

कोशीमा हिक्मत कार्की नेतृत्वको सरकार धरापमा

काठमाडौं, १७ जेठ । कोशी प्रदेशमा नेकपा एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकार धरापमा परेको छ । जनता समाजवादी पार्टीले सरकारलाई दिइआएको समर्थन फिर्ता लिएसँगै सरकार धरापमा परेको हो ।

जसपा ब्याक भएपछि मुख्यमन्त्री हिक्मत कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । देशको केन्द्र देखि ७ प्रदेशमध्ये कोशीमा मात्र एमाले नेतृत्वको सरकार छ । यो पनि धरापमा परेको छ ।

जसपाकी सांसद निर्मला लिम्बू स्वास्थ्यमन्त्री थिइन् । उनी फिर्ता भएकी छिन् ।

कोशी प्रदेशसभामा एमालेका ४०, काँग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा एसका ४ र जसपाका १ सांसद छन् ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद अवश्यक पर्छ । एमाले र राप्रपा मिल्दा ४६ मात्र पुग्छ । यसकारण एकमात्र सांसद जसपाकी लिम्बू निर्णायक बनेकी छिन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);