स्वास्थ्यतर्फ ८३ अर्ब ९९ करोड बजेट विनियोजन, कहाँ कति ? | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८३, आइतबार

स्वास्थ्यतर्फ ८३ अर्ब ९९ करोड बजेट विनियोजन, कहाँ कति ?

काठमाडौं । सरकारले सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट ८३ अर्ब ९९ करोड विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट ८३ अर्ब ९९ करोड विनियोजन गरिएको बताउनुभएको हो । उहाँले आगामी आर्थिक वर्षको लागि स्वास्थ्य क्षेत्रको बजेट १४ अर्बले बढ्एको बताउनु भयो । उहाँले स्थानीय स्तरमै भरपर्दो स्वास्थ्य सेवा दिने लक्ष्य सरकारको रहेको बताउनु भयो ।

उहाँले गत वर्षसम्म कोभिडका कारण स्वास्थ्य मन्त्रालयको बजेट ह्वात्तै बढाइएको थियो । त्यसपछि पनि स्वास्थ्य क्षेत्रलाई स्थानीय स्तरमै भरपर्दो बनाउने उद्देश्यले स्वास्थ्यतर्फको बजेट बढाएको अर्थमन्त्री डा. महतले बताउनु भयो । उहाँले ९८ प्रकारका औषधि, खोप लगायतका आधारभुत स्वास्थ्य सेवा निःशुल्क व्यवस्था गरिएको बताउनु भयो। उहाँले मुलुकभरका ६ हजार ७ सय ४३ वडाका आधारभुत स्वास्थ्य सेवा केन्द्रबाट यो सुविधा लिन सकिने बताउनु भयो । उहाँले औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन १ अर्ब २८ करोड विनियोजन गरेको बताउनु भयो। उहाँले स्वदेशमा नै उत्पादित औषधि खरिद गर्न प्राथमिकता दिइने बताउनु भयो । उहाँले बहुसंख्यक जनताले सेवा प्राप्त गर्ने गरी पायक पर्ने स्थानमा आधारभुत अस्पताल निर्माण तथा सञ्चालन गर्न प्राथमिकता दिइने समेत बताउनु भयो । उहाँले सरकारले ‘क्षयरोग मुक्त नेपाल अभियान” का लागि १ अर्ब १५ करोड बजेट विनियोजन गरेको बताउनु भयो ।

उहाँले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई तीन सय शैयामा बिस्तार गरी पोखरा, सुर्खेत, डोटी र भरतपुरमा निर्माणाधीन प्रादेशिक सरुवा रोग अस्पताल आगामी वर्ष सम्पन्न गरी सञ्चालनमा ल्याइने बताउनु भयो। उहाँले सरुवा रोग अस्पताल निर्माण एवं बिस्तारका लागि बजेटमा ४६ करोड रुपैयाँ विनियोजन गरेको बताउनु भयो । सरकारले नवजात शिशुका लागि मिल्क बैंक सञ्चालन गरिने घोषणा गरेको छ । अर्थमन्त्री महतले परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली काठमाडौंमा नवजात शिशुका लागि मिल्क बैंक सञ्चालन गरिने बताउनु भयो ।उहाँले वी.पी. कोइराला क्यान्सर अस्पताल, जि.पि. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्र, सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट केन्द्र, सुरेश वाग्ले मेमोरियल क्यान्सर केन्द्र, रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान र भक्तपुर क्यान्सर अस्पतालको आवश्यक पूर्वाधार विकास तथा उपकरणका लागि बजेट व्यवस्था गर्ने बताउनु भयो ।

Leave a Reply