विराटनगर, १४ जेठ । गत पुस १७ गते प्रदेशको नामाकरण पछि स्थगित भएको आज कोशी प्रदेशसभाको बैठक बस्दैछ । प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ ।
पहिचानवादीको प्रदर्शन र आन्दोलनका कारण प्रदेशसभाको बैठक नै नबसी हिउँदे अधिवेशन अन्त्य भएको थियो । आज दिउँसो २ बजे प्रदेशसभा बैठक बस्दैछ ।
पहिचानवादीहरूले पनि प्रदेशसभाको बजेट अधिवेशनलाई लक्षित गर्दै आन्दोलनको घोषणा गरेका छन् । उनीहरुले वृहत् र फरक तरिकाले आन्दोलन गर्ने बताएका छन् ।
सो आन्दोलनलाई लक्षित गरी स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । प्रदेशसभा परिसर, मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय अगाडी र आसपासको क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ भने प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउने जनाएको छ ।




