काठमाडौं, १४ जेठ । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ ।
प्रतिनिधिसभाको शनिबार बसेको बैठकमा बहुमतले सो नीति तथा कार्यक्रम पारित भएको हो ।
यस अघि बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरुले राखेका जिज्ञासाहरुको जवाफ दिँदै मुलुकमा विद्यमान समस्या समाधानका लागि सबै दलहरुलाई मिलेर अघि बढन आह्वान गरे । प्रतिनिधिसभा बैठकमा जेठ १४ गते दिनको १ बजेका लागि बोलाइएको छ ।




