रुकुमको सानीभेरीमा जीप दुघर्टना,४ जनाको घटनास्थलमै मृत्यु | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८२, मंगलबार

रुकुमको सानीभेरीमा जीप दुघर्टना,४ जनाको घटनास्थलमै मृत्यु

काठमाडौं, ११ जेठ । रुकुम पश्चिम सानीभेरीमा जीप दुघर्टना हुँदा ४ जनाको मृत्यु भएको छ ।

सानीभेरी गाउँपालिका ५ मेलचौरबाट मुसिकोट जादै गरेको लु १ ज १७४७ नम्बरको जीप वाफिकोट गाउँपालिका वडा नं ८ को मोतिखोलामा दुर्घटना परेको थियो ।

सडकबाट झन्डै ४०० मिटर तल खस्दा घटना स्थलमै ४ जनाको मृत्यू भएको युवा नेता तारक केसीले बताए । जीपमा १४ जना यात्रुहरु यात्रा गरिरहेका थिए ।

 

दुर्घटनामा परेर १० जना घाईते भएका छन् । उनीहरुलाई उद्धार गरेर उपचारको पठाईएको प्रहरीले जनाएको छ । दुर्घटनाको पुरा विवरण आउन बाँकि छ ।

सानिभेरी गाउँपालिका३ का नवराज पुनका अनुसार दुर्घटनामा परेर सानीभेरी गाउँपालिका ५ का देउचन खत्री, सोहि वडाका कर्ण बहादुर बाँठा, बाँफिकोट गाउँपालिका ८ की रेखा खत्री र उहाँको छोराको घटनास्थलमै मृत्यु भएको छ ।

तस्बिर : तारक केसी

Leave a Reply