त्यो पहिरो प्रधानमन्त्रीसम्मै तानिएपनि पछि हट्नु हुँदैनः माधव सापकोट | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

त्यो पहिरो प्रधानमन्त्रीसम्मै तानिएपनि पछि हट्नु हुँदैनः माधव सापकोट

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले नक्कली भूटानी शरणार्थी प्रकरणमा नाम जोडिएका सरकारी अधिकारीहरुले निश्चित अवधिका लागि सम्बन्धित पद छोडेर अनुसन्धानमा सघाउनुपर्ने बताउनु भएको छ । बुधवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उहाँले नाम जोडिएकाहरु सबैले आफैँ प्रहरी समक्ष गएर अनुसन्धानमा सघाउन पनि उहाँले आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘चाहे प्रधानमन्त्रीसम्मै त्यो पहरो तानियो भनेपनि पछाडी हट्नु हुँदैन । ज–जसका नामहरु आइराखेका छन्, सबभन्दा राम्रो कुरा त के हुन्छ भने आफैँ प्रहरी सम्पर्कमा गएर नैतिकताका हिसावले यदी उहाँहरुलाई विवाद मात्रै पारिएको भन्ने उहाँहरुको तर्क हो भने प्रहरीमा आफैँ जाने र गएर आफैँले बयान दिने । होइन भने नैतिकताको शिक्षा पनि हुन्छ नि । त्यसैले ज–जसका बारेमा प्रश्नहरु उठेका छन् वा त प्रहरीले उहाँहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्नुप¥यो । या उहाँहरु आफैँ प्रहरीको सम्पर्कमा जानुप¥यो । त्यो नै सबभन्दा राम्रो हो । जो–जो बहालवाला पदमा हुनुहुन्छ । उहाँहरुले त झन बरु निश्चित अवधिका लागि त्यो पदीय जिम्मेवारी छोडेर अनुसन्धान गर्नुहोस् भनेर मार्गप्रशस्त गर्नु सबभन्दा धेरै नैतिक पाठ हुन्छ जस्तो लाग्छ । सरकारले दबाब लिनु हुँदैन यसमा । हामी त के सुझाव दिइराखेका छौँ प्रधानमन्त्रीलाई भने यो भ्रष्टाचारको विषय छानबिन गर्दै जाँदा सरकार ढलेछ भनेपनि त्यसका लागि तयार हुनुपर्छ ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);