सिंहदरबारको छतमा हुर्किरहेका बालक ! | ईमाउण्टेन समाचार

Our Network

माघ १४ २०८१, सोमबार

सिंहदरबारको छतमा हुर्किरहेका बालक !

singadarbar

काठमाडौं, २४ पुष । सिंहदरबार परिसरभित्र युवा तथा खेलकुद मन्त्रालयको भवन ।

यसको छतमा जस्ता र कपडाले बारेर बनाईएको सानो कटेरो ।

१४ पुसमा ४ महिना टेकेका दीपसागर राई पछिल्लो एक महिनादेखि त्यही कटेरोमै छन् ।

सिंहदरबारभित्रको एउटा मन्त्रालयको छतमा सिंगो दिन बिताउने बालक को होलान्
चासो सबैको हुन सक्छ ।

यसको पछि लुकेको बाध्यताको कथा सुन्दा जो कोहिको मन भने छुन्छ ।

मन्त्रालयमा ७ बर्षदेखि कार्यालय सहयोगीको रुपमा कार्यरत रश्मी राईका छोरा हुन् दीपसागर ।
जो आमो छातीमा टाँसिएर हरेक दिन मुलुकको प्रशासनि मुख्यालय पुग्छन् ।

त्यसपछि आमा दिनभर कार्यालयको काममा व्यस्त हुन्छिन् भने दीपसागर छतको एउटा कुनामा ओल्टो कोल्टो गरिरहन्छन् ।
पुषको कठ्याँग्रिदो चिसोमा पनि छोरालाई छतमा राख्नु रश्मीको रहर भने होइन ।

छोरा जन्मेपछि उनी २ महिना विदा बसिन् ।
त्यसपछि पनि कार्यालय नजाँदा करारको जागिर जाने डरले उनी दुईमहिने नाबालक च्यापेर मन्त्रालय जान थालिन् ।

त्यसयता हरेक दिन विहान करिव ९ बजे उनी अनामनगरस्थित डेराबाट छोरा र उनलाई चाहिने एक झोला सरसामान बाकेर मन्त्रालय धाउँछिन् ।, यो खबर आजको कान्तिपुरमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);