यी ३ भाग्यशाली राशिलाई भगवान शिवको कृपा रहन्छ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

यी ३ भाग्यशाली राशिलाई भगवान शिवको कृपा रहन्छ

काठमाडौं,९ जेठ । भाग्यशाली राशि भएका व्यक्तिहरु भगवान शिवको आशीर्वाद प्राप्त गर्ने व्यक्तिहरुलाई विभिन्न क्षेत्रमा सफलता मिल्छ। यससँगै जीवनमा आउने बाधाहरू पनि हट्छन्। जानौँ कुन राशिमा भगवान शिवको आशीर्वाद रहन्छ ।

हिन्दू धर्ममा, भगवान शिवलाई रक्षकको रूपमा पूजा गरिन्छ । जसलाई भगवान शिवको आशीर्वाद प्राप्त हुन्छ, उनीहरुको जीवनमा सबै प्रकारका समस्याबाट मुक्ति मिल्छ । साथै सुख–समृद्धिको आशिर्वाद प्राप्त हुन्छ । ज्योतिष शास्त्रमा पनि भगवान शिवको सन्दर्भलाई विस्तृत रूपमा उल्लेख गरिएको छ, साथै यो पनि बताइएको छ कि कुन राशिमा उहाँको आशीर्वाद रहन्छ ।

मेष राशि
मेष राशि सबै १२ राशीमा पहिलो स्थानमा गनिन्छ । यस राशिको स्वामी मंगल ग्रह हो र यो राशि भगवान शिवलाई असाध्यै मनपर्छ भन्ने विश्वास गरिन्छ । ज्योतिष शास्त्रमा भनिएको छ कि यस राशिमा भगवान शिवको कृपा सदैव रहन्छ। मेष राशिका व्यक्तिले सोमबार वा प्रदोष व्रतको दिन भगवान शिवको जलाभिषेक गर्नुपर्छ ।

मकर राशि
भगवान शिवलाई मकर राशि पनि अति प्रिय रहेको ज्योतिषीहरुले बताएका छन् । शनि मकर राशिका देवता हुन्, जसका कारण शनिदेवको कृपा पनि यस राशिमा रहन्छ। मकर राशिका मानिसहरूले भगवान शिवको आशीर्वादले सुख र समृद्धि प्राप्त गर्छन्। शिवलिंगमा दैनिक जल चढाउनुपर्छ ।

कुम्भ राशि
कुम्भ राशि पनि भगवान शिवलाई धेरै प्रिय छ । यस राशिका स्वामी शनिदेव हुनुहुन्छ र शनिदेवको शुभ दृष्टि पनि यस राशिमा रहन्छ। हरेक दिन भगवान शिवको पूजा–आराधना गरी ‘ओम नमः शिवाय’ मन्त्रको जप गर्नाले जीवनका समस्याहरू हटेर भगवान शिवको आशीर्वाद सदा कायम रहने जनविश्वास छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);