फरक क्षमता भएका ब्यक्तिहरुको अधिकार कागजमा सिमित | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

फरक क्षमता भएका ब्यक्तिहरुको अधिकार कागजमा सिमित

मोहम्मद ईजहार शेष, ३१ चैत्र परासी ।
फरक क्षमता भएका अपाङ्ग ब्यक्तिहरुको अधिकार कागजमा मात्र सिमित भएको सहभागीहरुले बताएका छन् । फरक क्षमता भएका सञ्जालद्धारा आज महिला तथा बालबालिका कार्यालमा भएको अन्तरक्रिया कार्यक्रम नवलपरासीमा भएको अन्तरक्रिया कार्यक्रममा फरक क्षमता भई अपाङ्ग ब्यक्तिहरुले यस्तो गुनासो गरेका हुन् ।

फरक क्षमता भएका ब्यक्तिहरुको अधिकार कागजमा सिमित

मोहम्मद ईजहार शेष चैत्र ३१ , परासी ।
फरक क्षमता भएका अपाङ्ग ब्यक्तिहरुको अधिकार कागजमा मात्र सिमित भएको सहभागीहरुले बताएका छन् । फरक क्षमता भएका सञ्जालद्धारा  नवलपरासीमा भएको अन्तरक्रिया कार्यक्रममा फरक क्षमता भई अपाङ्ग ब्यक्तिहरुले यस्तो गुनासो गरेका हुन् ।

अपाङ्ग सञ्जालका जिल्ला अध्यक्ष बच्चा राजभरले अपाङ्गलाई कागजमा मात्र अधिकार दिएर नहुने बताउदै कार्यन्वयन हुुन अति आवश्यक रहेको बताउनु भयो । शिक्षा, स्वास्थ्य, लगायत अन्य क्षेत्रमा समेत अपाङ्गको अधिकारलाई कागजमा मात्र सिमति गरीएको उनिहरुको गुनासो छ । अपाङ्ग मैत्रि बस, जिप र भ्यानमा लेखिएको भए पनि बस्न नपाउने र छुट समेत नपाएको आयोजित कार्यक्रममा नेटर्वक मार्फत जानकारी गराईएको छ ।

कार्यक्रममा महिला तथा बालबालिका कार्यालय नवलपरासीकी महिला बिकास अधिकृत उर्वरा लुईटेलले अपाङ्ग भएका व्यक्तिहरुको लागि महिला तथा बालबालिका कार्यालयले विशेष निगरानि गर्दै सहयोग तथा हातेमालो समेत गरीरहेको बताउनु भयो ।

नेटर्वकका अध्यक्ष बच्चा राजभरको अध्यक्ष्तामा भएको कर्याक्रममा उपस्थित अपाङ्ग तथा सरोकारवालाहरुले राजनितिक दलका नेताहरुले समेत अपाङ्गहरुको लागि कुनै चाँसो नदिएको बताएका छन् । नवलपरासीमा करीब ४ सय फरक क्षमता भएका ब्यक्तिहरु रहेको कार्यालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);