फरक क्षमताका व्यक्तिका लागि आवश्यक स्वास्थ्य सामग्री पनि स्वास्थ्य विमा कार्यक्रममा समेट्नुपर्छः सांसद कार्की | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

फरक क्षमताका व्यक्तिका लागि आवश्यक स्वास्थ्य सामग्री पनि स्वास्थ्य विमा कार्यक्रममा समेट्नुपर्छः सांसद कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवम् पूर्व स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले फरक क्षमता भएका व्यक्तिहरुका लागि आवश्यक स्वास्थ्य सामग्री पनि स्वास्थ्य विमा कार्यक्रममा समेटनुपर्ने बताउनु भएको छ ।

नेत्रहीन महिला संघ, नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो आवश्यक्ता औंल्याउनु भएको हो । सांसद कार्कीले स्वास्थ्य विमा कार्यक्रममा फरक क्षमता भएका व्यक्तिहरुका लागि आवश्यक स्वास्थ्य सामग्रीहरु समेटनका लागि नीति निर्माण नै गर्नुपर्ने भएको उल्लेख गर्दै त्यसमा आफूले काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । उहाँले निजी क्षेत्रका संघ, संस्थाहरुलाई पनि सामाजिक उत्तरदायित्व अन्तरगत फरक क्षमता व्यक्तिहरुलाई रोजगारी दिने कुरामा विशेष ध्यान दिन आग्रह गर्नु भयो ।

सांसद कार्कीले संविधानले फरक क्षमता भएका व्यक्तिका लागि विशेष व्यवस्था गर्न भने पनि त्यस अनुसार निजी क्षेत्रले काम नगरेकोमा असन्तुष्टि समेत व्यक्त गर्नु भयो । उहाँले भन्नु भयो, ‘यो कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटीको दायरामा फरक क्षमता भएकाहरुलाई पनि ल्याउन म भूमिका खेल्नेछु । जतिपनि निजी क्षेत्रका संघ, संस्थाहरु छन । हस्पिटलहरु, स्कुलहरु, रोजगारीका लागि खोलिएका विभिन्न संस्थाहरु छन ।

उहाँहरुले सिएसआरको दायरामा यो फरक क्षमता भएका व्यक्तिका लागि विशेष अवसर, सुविधालाई समेटनु पर्दछ । उनीहरुलाई प्राथमिकतामा राख्न पर्दछ भनेर मैले जोड दिनेछु । त्यसमा तपाईहरुले पनि हातेमालो गर्नु हुनेछ भन्ने मलाई विश्वास छ । र स्वास्थ्य विमाको कुरा गरिरहँदा स्वास्थ्य विमा पाउनका लागि एकदमै कठिनाई भईरहेको अवस्था देख्दछु । एक त स्वास्थ्य विमा लगभग २÷३ महिना लाग्छ । त्यो सुविधा पाउनका लागि स्विकृतिका लागि । पाईसकेपछि पनि त्यस एक लाखको मात्रै सुविधा पाउने अवस्था छ । त्यसमा पनि फरक क्षमता भएका व्यक्तिहरुका लागि चाहिने स्वास्थ्य सामग्रीहरु नपर्ने रहेछ । त्यो पनि समेटिन आवश्यक छ । त्यसका लागि नीति निर्माण स्तरमा नै काम गर्नु पर्छ । त्यसका लागि हामी लाग्नेछु भन्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’

सांसद कार्कीले फरक क्षमता भएका व्यक्तिमैंत्री हुनेगरी सेवा प्रदान गर्न बैंक तथा वित्तिय संस्थाहरुको पनि ध्यानाकर्षण गराउनु भयो । कार्यक्रममा फरक क्षमता भएका व्यक्तिहरुका लागि विशेष व्यवस्था गर्न अझै गम्भिर नभएको भन्दै सरकारको आलोचना गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);