‘डाउन सिन्ड्रोम’को निःशुल्क नियमित जाँच र उपचार गराउन सांसद कार्कीको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८३, सोमबार

‘डाउन सिन्ड्रोम’को निःशुल्क नियमित जाँच र उपचार गराउन सांसद कार्कीको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले डाउन सिन्ड्रोम भएका व्यक्तिहरुको निःशुल्क नियमित जाँच र उपचार गराउन सरकार सँग माग गर्नुभएको छ ।

सोमवारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद कार्कीले डाउन सिन्ड्रोम भएका व्यक्तिहरुको निःशुल्क नियमित जाँच र उपचार गर्ने व्यवस्था मिलाउन माग गर्नुभएको हो ।

उहाँले डाउन सिन्ड्रोम भएका व्यक्तिहरुलाई अन्य धेरै स्वास्थ्य समस्याहरु आउने भन्दै उनीहरुका लागि विशेष चिकित्सक बीमाको व्यवस्था गर्नुपर्ने पनि बताउनु भयो । त्यस्तै डाउन सिन्ड्रोमलाई अपांगताको छुट्टै वर्गको रुपमा वर्गिकरण गर्नुपर्ने पनि माग गर्नुभयो । सांसद कार्कीले प्रत्येक विद्यालयहरुमा उनीहरुका लागि कम्तिमा दुईवटा कोटा अनिवार्य छुट्याउने व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

त्यस्तै सांसद कार्कीले उनीहरुको पुनर्वास र बसोवास केन्द्रको व्यवस्थापन पनि सरकारले गर्नुपर्ने बताउनु भयो । उनीहरुका लागि होस्टल र केयर होमहरुको व्यवस्था गर्नपर्ने उहाँले बताउनु भयो ।

 

Leave a Reply