मदन राईमाथि थप ८ दिन थुनामा राखेर अनुसन्धान हुने | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८१, शुक्रबार

मदन राईमाथि थप ८ दिन थुनामा राखेर अनुसन्धान हुने

काठमाडौं, ८ जेठ । बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका शुभद्रा मदन फाउन्डेसन (शुभम)का सञ्चालक मदन राईलाई थप ८ दिन हिरासतमा राख्न दोस्रोपटक अदालतले अनुमति दिएको छ ।

कृषि विज्ञको रुपमा परिचित राई गत वैशाख २९ गते पक्राउ परेका हुन् । अन’सन्धानका लागि सुरुमा उनलाई अदालतले ७ दिनको म्याद दिएको थियो ।

प्रहरीले अनुसन्धान नसकिएको भन्दै शुक्रबार फेरी अदालतमा पेश गरेर म्याद थप्न आग्रह गरेको थियो ।

राईले खोटाङमा फाउन्डेसनमार्फत विद्यालय सञ्चालन गर्दै आएका छन् । राईमाथि बालबालिकाको संवेदनशिल अंगमा छुने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने लगायतका आरोप लागेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);