काठमाडौं, ७ जेठ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको एकल इजलासमा परेको छ । सन्दीपविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतमा आज पेशी तोकिएको हो ।
विभिन्न कारण यसअघिका पेशी बिना सुनवाइ स्थगित भएको थियो । सन्दीपको मुद्दा आज न्यायाधीश पराजुलीको सुनवाइ सूचीमा चार नम्बरमा परेको छ । सन्दीप आफूमाथि लागेको मुद्दा टुंग्याएर चाँडै नेपालको तर्फबाट विश्वकप ग्लोबल क्वालिफायरका लागि दक्षिण अफ्रिका जाने योजना छ ।
आज सुनवाइ नभएमा सन्दीपको दक्षिण अफ्रिका र जिम्बाबेको भ्रमण प्रभावित हुन सक्ने छ ।