काठमाडौं, ७ जेठ । १६ औं संस्करणको इन्डियन प्रिमियर लिग आइपीएलमा चेन्नाई सुपर किंग्स र लखनउ सुपर जायन्ट्स प्लेअफमा पुगेका छन् । लिग चरणका अन्तिम खेलमा लखनयले कोलकतालाई र चेन्नइले दिल्लीलाई हराएर प्लेअफमा स्थान सुरक्षित गरेका हुन् ।
लखनउ सुपर जायन्ट्सले र कोलकत्ता नाईट राईडर्सलाई रोमाञ्चक खेलमा १ रनले पराजित गरेको हो । कोलकताको मैदानमा १ सउ ७७ रनको लक्ष्य पच्छ्याएको घरेले टोलीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रनमात्र बनायो । कोलकताका रिंकु सिंहले अविजित ६७, जेसन रोयले ४५ र भेंकटेश अय्यरले २४ रन बनाए । लखनउका रवि विश्नोइ र यश ठाकुरले २–२ विकेट लिए ।यसअघि पहिले व्याटिङ गरेको लखनउले निकलास पुरनको ५८ रनसंगै २० ओभरमा ८ विकेट गरमाएर १ सय १६ रन बनायो ।
पहिलो खेलमा चेन्नइले दिल्लीलाई हराएर ७७ रनको फराकिलो अन्तरले हराएर प्लेअफमा स्थान सुरक्षित गरेको हो । चेन्नइले दिएको २ सय २४ रनको लक्ष्य पच्छ्याएको दिल्ली १ सय ४६ रनमा समेटिएको हो । योसँगै आइपिएलको सुपर ४मा पुग्ने ३ वटा टुंगो लागेको छ । आजको खेलपछि प्लेअफमा पुग्ने चौथो तथा अन्तिम टोलीको टुंगो लाग्ने छ ।
आज ५ पटको विजेता मुम्बइ र हैदराबाद तथा बैंग्लोर र शीर्ष स्थानमा रहेर प्लेअफमा पुगिसकेको गुजरातबीच प्रतिस्पर्धा हुने छ । मुम्बइ र बैंग्लोर दुवैलाइ प्ले अफमा पुग्न जितको विकल्प छैन । १३ खेलमा दुवै टोलीले १४–१४ अंक बटुलेका छन् । तर रन रेटको आधारमा बेंग्लोर अघि छ । यस्तो अवस्थामा मुम्बइलाई फराकिलो जित आवश्यक छ भने बेग्लोर जितले प्लेअफमा पुग्न सक्ने छ । दुवैले हारेको खण्डमा राजस्थानको पनि प्लेअफमा पुग्ने संभावना कायमै छ ।