प्रचण्डलाई एमालेले भन्यो–खुलेआम लुट र डकैतीलाई भ्रस्टाचार भन्न मिल्छ र ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

प्रचण्डलाई एमालेले भन्यो–खुलेआम लुट र डकैतीलाई भ्रस्टाचार भन्न मिल्छ र ?

काठमाडौं, ५ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले माओवादी लडाकु शिविर प्रकरणमा घोटला भएको टिप्पणी गरेको छ । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार गरेको प्रमाणित भए जान तयार रहेको बताएपछि आज एमालेले यस्तो टिप्पणी गरेको हो । एमालेका सचिव शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत लडाकु शिविरमा भ्रष्टाचार भएको दाबी गरेका हुन् ।

उनले लेखेका छन्,‘७–८ हजारको हाराहारीमा रहेका लडाकुहरुलाई ३२–३३ हजार पुर्याएको कुरा प्रचण्ड आफैले हुंकारका साथ वोलेको अडियो सामाजिक संजालमा सुरक्षित छ । वास्तविक लडाकु ७–८ हजार मध्ये केहीलाई शिविरमा राखेर अरुवाँकीलाई वाईसियलका रुपमा राजनीतिक रुपमा परिचालित गरेको तथ्य अहिले माओवादीवाट वाहिरिएका धेरैले वोल्ने गर्दछन् ।’ शिविरमा रहेकाहरुले वुझ्नेगरेको भत्ताको चेक उनीहरुका कमाण्डरले खोलेर राख्ने गरेको कुरा त्यहाँ वस्ने लडाकुहरु धेरैपटक उठाउदै आएको पनि पोखरेलले दाबी गरेका छन् ।

उनले लेखेका छन्, लडाकु शिविरको खुला सत्य !! लडाकु शिविर प्रकरणमा ७–८ हजारको हाराहारीमा रहेका लडाकुहरुलाई ३२–३३हजार पुर्याएको कुरा प्रचण्ड आफैले हुंकारका साथ वोलेको अडियो सामाजिक संजालमा सुरक्षित छ।
वास्तविक लडाकु ७–८ हजार मध्ये केहीलाई शिविरमा राखेर अरुवाँकीलाई वाईसियलका रुपमा राजनीतिक रुपमा परिचालित गरेको तथ्य अहिले माओवादीवाट वाहिरिएका धेरैले वोल्ने गर्दछन् ।

शिविरमा रहेकाहरुले वुझ्नेगरेको भत्ताको चेक उनीहरुका कमाण्डरले खोरेर राख्नेगरेको कुरा त्यहावस्ने लडाकुहरु धेरैले धेरैपटक उठाउदै आएको कुरा हो। अनमिनले प्रमाणिकरण गरेकाहरु मध्ये धेरैजसो समायोजनमा नगएर स्वेच्छिक अवकास रोजेर राज्यवाट ठुलो रकम प्राप्त गरेकै हुन्।

यी सवै तथ्यहरुवाट राज्यले कति अनुचित आर्थिक भारवोक्नु पर्यो र लडाकुको नाममा राज्यले उपलव्ध गराएको सहयोग कसरी उनीहरुका कमाण्डरहरुले लुटे र कसकसलाई वुझाए भन्ने कुरा खोजिगर्दा लुक्न सक्ने कुरा होइन ।

तर पनि प्रचण्डजीहरु अझै पनि ठुलो स्वरमा हुंकार दिइनै रहेका छन् लडाकु शिविरमा कुनै भ्रष्टाचार भएको छैन, अनियमितता भएको छैन । हो नि लुकेर गरेको भए पो भ्रस्टाचार र अनियमितता हुन्थ्यो । त्यो राज्य माथिको खुलेआम लुट थियो, डकैती थियो । अनि माओवादीका सुप्रिमोहरुलाई लागिरहेको पनि होला खुलेआम लुट र डकैतीलाई भ्रस्टाचार भन्न मिल्छ र ? तर पनि नेपाली जनताले शान्तिका नाममा ती सवै कुरालाई आजसम्म सहदै आएका छन् । सत्य यही हो ।’

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);