काठमाडौं, ४ जेठ । आज कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठक आज बिहान ८ः३० बजे समितिको सभा कक्षमा बस्नेछ ।
आजको बैठकमा समितिको कार्यविधि, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रारम्भिक छलफल हुनेछ ।