काठमाडौं, ३ जेठ । आज विश्व दूरसञ्चार दिवस । विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइदैछ । विश्वभर मे १७ मा अन्तराष्ट्रिय दूरसञ्चार दिवस मनाइन्छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले आज राजधानीको ¥याडिसन होटलमा दूरसञ्चारसम्बन्धी गोष्ठीको आयोजना गरेको छ ।
सन् १८६५ मे १७ मा अन्तर्राष्ट्रिय दूरसञ्चार संघको स्थापना भएको सम्झनामा यो दिनलाई विश्व दूरसञ्चार दिवसका रूपमा मनाइन्छ ।
यो १९७३ मा मलागा–टोरेमोलिनोस मा एक सम्मेलनको समयमा घोषणा गरिएको थियो। यस दिवसको मुख्य उद्देश्य इन्टरनेट र नयाँ प्रविधिहरूले ल्याएका सामाजिक परिवर्तनहरूबारे विश्वव्यापी चेतना जगाउनु हो।