लालुलाई ३ वर्ष जेल सजाय | ईमाउण्टेन समाचार

Our Network

असोज २७ २०८३, बुधवार

लालुलाई ३ वर्ष जेल सजाय

Lalu-

काठमाडौं, २३ पुष । भारतको विहार राज्यका चर्चित नेता लालुप्रसाद यादवलाई सीबीआईको एक विशेष अदालतले चारा घोटालाको एक मामिलामा साढे तीन वर्षको सजाय तोकेको छ।

यादवलाई राँचीस्थित बिरसा मुन्डा जेलमा राखिएको छ। उनलाई उक्त सजाय भिडियो कन्फ्रेन्सको माध्यमबाट सुनाइएको हो। अदालतले साढे तीन वर्षको जेल सजायसहित पाँच लाख रुपियाँ जरिवाना पनि तोकेको छ। यो सजायमा यादवले कुनै पनि अदालतबाट जमानत पाउने छैनन्। राँचीमा यादवका वरिष्ठ वकिल प्रभात कुमारले उक्त फैसलाविरुद्ध उच्च न्यायालयमा अपिल गर्ने बताउनुभएको छ।आजको नेपाल समाचारपत्रमा यस्तो खवर छ ।

ताजा समाचार